मिर्मिरे र वुद्ध ज्योति लघुवित्तको १५ भदौबाट एकीकृत कारोबार « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

मिर्मिरे र वुद्ध ज्योति लघुवित्तको १५ भदौबाट एकीकृत कारोबार



काठमाडौं । मिर्मिरे लघुवित्तले वुद्ध ज्योति लघुवित्तलाई एक्वायर गरेर १५ भदौबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले ६ भदौमा र कम्पनी रजिष्ट्रार कार्यालयले ९ भदौमा अन्तिम स्वीकृति दिइसकेका छन् ।

दुवै एक भएपछि अब मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपामा रहनेछ ।

यी दुई कम्पनीहरूबीच गत फागुन २७ गते प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

दुबै कम्पनीहरूको गत असार ३१ गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले भदौ ६ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट भदौ ९ गते कम्पनीलाई एकिकृत कारोबारका लागि स्वीकृति प्रदान गरेको हो ।

बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तिम दिनसम्म कायम सम्पूर्ण सम्पत्ति तथा दायित्व तथा अन्य सम्भावित दायित्वहरू लेखाङ्कन हिसावमा समायोजन गर्ने गरी मिर्मिरे लघुवित्तलाई एकिकृत कारोबार सञ्चालनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्