सिवाईसी नेपाल र आँधिखोला लघुवित्तको विशेष साधारण सभा आज, मर्जर प्रस्ताव पारित गर्ने « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

सिवाईसी नेपाल र आँधिखोला लघुवित्तको विशेष साधारण सभा आज, मर्जर प्रस्ताव पारित गर्ने



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तले विशेष साधारणसभा आज बस्दैछ । यी दुवै कम्पनी एक आपसमा गाभिने प्रस्ताव पारित गर्न आज छुट्टाछुट्टै स्थानमा विशेष साधारण सभा बोलाएका हुन् ।

सिवाईसी नेपाल लघुवित्तको सभा लघुवित्तको केन्द्रिय कार्यालय, सभागृह चोक, कास्की र आँधिखोला लघुवित्तको होटल गाँउवेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा यी दुई लघुवित्त एक आपसमा गाभ्ने/गाभिने, मर्जर प्रयोजनार्थ निर्धारण गरिएको सेयर स्वाप रेशियो पारित हुनेछ ।सोही सभाले लेखापरीक्षक नियुक्त गर्ने, मर्जर सम्बन्धि आवश्यक कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछन् ।

विशेष साधारण सभा प्रयोजनका लागि भदौ २९ गतेदेखि असोज ७ गतेसम्म बुक क्लोज गर्नेछन् । मर्जर प्रयोजनका लागि दुवै कम्पनीको असार २३ गतेदेखि सेयर कारोबार बन्द रहेको छ ।


प्रतिक्रिया दिनुहोस्