समीट लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

समीट लघुवित्तको शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २२ हजार २१५ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति –असोज ७ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा १० काभ्रेपलाञ्चोक काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्