लाभांश सम्वन्धी यस्तो आयो छिमेक लघुवित्तको सूचना ! « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

लाभांश सम्वन्धी यस्तो आयो छिमेक लघुवित्तको सूचना !



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले पुरालो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई विभिन्न आर्थिक वर्षबाट पारित पुरानो नगद लाभांश लिन अनुरोध गरेको हो ।

एक सूचना निकाल्दै कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि २०७२/७३ सम्मको नगद लाभांश लिन भनेको हो । नगद लाभांश लिन बाँकी सेयरधनीहरुले आजैका मितिले ३० दिनभित्र सेयर प्रमाणपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा सम्पर्क गरी लिन सक्नेछन् ।

तोकिएको उक्त अवधिमा लाभांश रकम लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले बताएको छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :


प्रतिक्रिया दिनुहोस्