अभियान लघुवित्तको सेयर मूल्यमा उछाल : आज ५० कित्ता बिक्री, प्रतिकित्ता कति ? « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

अभियान लघुवित्तको सेयर मूल्यमा उछाल : आज ५० कित्ता बिक्री, प्रतिकित्ता कति ?



काठमाडौं । बिहीबार अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । आज कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँ ८० पैसाले वृद्धि भएको छ ।योसंगै कम्पनीको सेयर मूल्य ४३८ रुपैयाँ ७० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कम्पनीको २१ हजार रुपैयाँ बराबरको ५० कित्ता सेयर खरिदबिक्री भएको छ ।
कम्पनीको सेयर आइतबारदेखि खुला भएको छ । कम्पनीको सेयर पहिलो कारोबार ३१६ रुपैयाँमा खुला भएको थियो ।


प्रतिक्रिया दिनुहोस्