महुली लघुवित्तको नाफामा गिरावट : प्रतिसेयर आम्दानी पनि घट्यो, अन्य सूचक कस्ता ? « Arthapath.com
६ कार्तिक २०७९, आईतवार

महुली लघुवित्तको नाफामा गिरावट : प्रतिसेयर आम्दानी पनि घट्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

पहिलो त्रैमासमा कम्पनीले ५८ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७८.२७ प्रतिशतले कमी हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ६८ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी पनि ४.४७ प्रतिशतले घटेर ७ करोड ३३ लाख ५ हजार रुपैयाँ कायम भएको छ ।

उक्त अवधिमा कम्पनीको कुल आम्दानी ९ करोड ९६ लाख ४३ हजार, संचालन नाफा ७८.६८ प्रतिशतले घटेर ८३ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।

उक्त अवधिमा कम्पनीको वितरण योग्य नाफा भने २ लाख १ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीले जगेडा तथा कोषमा ३२ करोड ६३ लाख ६३ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा भने झिनो घटेर २.२५ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३८ रुपैयाँ ३ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्षको पहिलो त्रैमासमा भने ८ रुपैयाँ २६ पैसामा झरेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ६६ पैसा रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्