मिर्मिरे लघुवित्तले सेयरधनीलाई २३ प्रतिशत बोनस दिने « Arthapath.com
७ पुष २०७९, बिहीबार

मिर्मिरे लघुवित्तले सेयरधनीलाई २३ प्रतिशत बोनस दिने



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बुधवार बसेको संचालक समितिको बैंठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर मात्रै वितरण गर्ने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरि दुई संस्था प्राप्ति गरि एकीकृत कारोबार सुरु गरेकाले आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकाले नगद लाभांश नदिने भएको हो ।

सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी साधारण सभाले पारित भएपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्