ग्लोबल आइएमई लघुवित्तद्धारा डस्टविन वितरण « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल आइएमई लघुवित्तद्धारा डस्टविन वितरण



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा पुष २७ गते कास्की जिल्ला पोखरा महानगरपालिका बडा नंं २६, अवस्थित गुदेतालमा डस्टविन वितरण गरेको छ ।

ताल संरक्षण समितिका अध्यक्ष सुर्यनाथ भण्डारी, गुुदेताल वातावरण सहकारीका अध्यक्ष बामदेव ढुङ्गाना, गुदेताल वातावरण संरक्षण तथा मत्स्य सहकारी संस्थाका सचिव बद्रीनाथ ढुङ्गानाहरुलाई संयुक्तरुपमा एक कार्यक्रमका विच ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका बरिष्ठ प्रबन्धक तथा कर्जा विभाग प्रमुख श्री पदम बहादुर घिमिरे ज्युले डस्टविन वितरण गर्नु भएको हो ।

उक्त कार्यक्रममा वित्तीय संस्थाका अनुगमन विभाग प्रमुख श्री यतीराज पौडेल, प्रदेश प्रमुख श्री विनोद पराजुली र विजयपुर शाखाका शाखा प्रमुख श्री सिता आर्चाय लगायत स्थानिय उपभोक्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्