एक लघुवित्तको ३१.५८ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका « Arthapath.com
१ माघ २०७९, आईतवार

एक लघुवित्तको ३१.५८ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका



काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (माघ २ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गर्ने भएको हुदाँ माघ २ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा माघ १३ गतेका लागि बोलाएको छ । सभा होटल गाउँवेशीको सभाहल वालिङ–८, स्याङ्जामा बिहान साढे ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।


प्रतिक्रिया दिनुहोस्