सर्पोर्ट लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
२ माघ २०७९, सोमबार

सर्पोर्ट लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । सर्पोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ११.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ११ प्रतिश बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८९४७३७ प्रतिशत लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।


प्रतिक्रिया दिनुहोस्