आरएसडिसी लघुवित्तको नाफा ६२ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि सकरात्मक सुधार « Arthapath.com
५ माघ २०७९, बिहीबार

आरएसडिसी लघुवित्तको नाफा ६२ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि सकरात्मक सुधार



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ८ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक वित्तीय रिर्पोटले यस्तो देखाएको हो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले ७ करोड ९४ लाख १४ हजार रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ६२.३४ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ करोड ८९ लाख १९ हजार रुपैयाँ नाफा गरेको थियो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ५६.३४ प्रतिशतले वृद्धि भई १४ करोड ७५ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९ करोड ४३ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सो अवधिमा कम्पनीको कुल संचालन आम्दानी १६ करोड ५१ लाख ७३ हजार रुपैयाँ, संचालन नाफा ११ करोड ३४ लाख ४९ हजार रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा यस वर्षको कम्पनीको कुल संचालन आम्दानी र संचालन नाफा क्रमशः ५२.४४ प्रतिशत र ६२.८९ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको चुक्तापुँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १० करोड ९३ लाख ९७ हजार रुपैयाँ राखेको छ ।

सो अवधिमा कम्पनीको खराब कर्जा ०.८१ प्रतिशत पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा भने कम्पनीको यो कर्जा ०.२८ प्रतिशत रहेको थियो । यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ५८ पैसाले बढेर १९ रुपैयाँ ७३ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ४५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्