स्वावलम्बन लघुवित्तले साढे १ लाख कित्ता सेयर माघ १० गतेदेखि बिक्री गर्ने, प्रतिकित्ता कति ? « Arthapath.com
५ माघ २०७९, बिहीबार

स्वावलम्बन लघुवित्तले साढे १ लाख कित्ता सेयर माघ १० गतेदेखि बिक्री गर्ने, प्रतिकित्ता कति ?



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ५९ हजार कित्ता शेयर माघ १० गतेदेखि विक्रीमा ल्याउने भएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा योग्य व्यक्ति तथा संघ संस्थाहरूले माग २४ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ता माग गर्ने सकिनेछ ।

यो शेयर खरीदका लागि विक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र माघ २५ गते विहान १० बजे खोलिने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया दिनुहोस्