एक लघुवित्तको १० प्रतिशत लाभांश तपाईको खातामा आयो, छैन भने के गर्ने ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीको बैंक खातामा नगद लाभांश वितरण गर्ने सुरु गरेको हो ।
कम्पनीलको माघ ६ गते सम्पन्न १०औंं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८।०७९ को लागि आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । सोहि नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरेको हो ।
हितग्राही खातामा बैंक खाता नं अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको र हितग्राही खातामा बैंक खाता नं अद्यावधिक नगराएका शेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता नं र प्यान नम्बर यथाशिघ्र अद्यावधिक कम्पनीले भनेको छ । सो कार्य गरेपछि मात्र लाभांश जम्मा हुने छ ।
कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।