सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा रुद्र दाहाल नियुक्त

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाललाई नियुक्त गरेको छ ।
कम्पनीको माघ ९ गते बसेको संचालक समितिको बैठकले दाहाललाई ४ वर्षका लागि संस्थाको स्वतन्त्र संचालकमा नियुक्त गरेको जनाएको छ ।
बैंकिङ्ग क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । बि.सं.२००८ सालमा धनकुटामा जन्मेका दाहाल सुनसरी इनरुवा स्थायी घर भई हाल कामपा १४ मा बसोबास गर्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
केन्द्रीय कार्यालय काठमाडौं चावहिलमा रहेको वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवा मार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
