किन घट्यो मिथिला लघुवित्तको नाफा ? यस्तो छ वित्तीय अवस्था « Arthapath.com
११ माघ २०७९, बुधबार

किन घट्यो मिथिला लघुवित्तको नाफा ? यस्तो छ वित्तीय अवस्था



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले २ करोड बढी नाफा कमाएको छ । कम्पनीले बुधवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ६ महिनामा कम्पनीले २ करोड १७ लाख ४७ हजार रुपैयाँ गरेको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने कम्पनीको नाफामा ३७.२५ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ४६ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा गिरावट आएसंगै खुद नाफा घट्न पुगेको हो । चालु आवको पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानीमा पनि १२.२५ प्रतिशतको गिरावट आई ५ करोड ७२ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।

सो अवधिमा कम्पनीको कुल संचालन आम्दानी ७ करोड ९५ लाख ६८ हजार, संचालन नाफा २ करोड ६२ लाख ८ हजार रुपैयाँ रहेको छ । कम्पनीको संचालन मुनाफा गत वर्षको तुलनामा भने ३८.७३ प्रतिशतले कमी हो ।

कम्पनीको चुक्ता पुँजी १७ करोड ४ लाख ३७ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १८ करोड २० लाख ४८ हजार रुपैयाँ राखेको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने कम्पनीको चुक्ता पुँजी २५ प्रतिशत र जगेडा कोष ८.३० प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा कम्पनीले ७९ करोड ४३ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ३१ करोड ६४ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै, सो अवधिमा कम्पनीको खराब कर्जा ३.२९ प्रतिशत छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि २५ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ८१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्