सबैंको लघुवित्तले गर्यो लाभांश घोषणाः बोनस १८ प्रतिशत बोनस, नगद कति ? « Arthapath.com
१२ माघ २०७९, बिहीबार

सबैंको लघुवित्तले गर्यो लाभांश घोषणाः बोनस १८ प्रतिशत बोनस, नगद कति ?



काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीको माघ ११ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १८ प्रतिशत बोनस र ०.९५ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्