सिभिल लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ११ प्रतिशत बोनस र ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।
