आशा लघुवित्तको अधिकांश सूचक ओरालो, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले साढे तीन करोड बढी नाफा कमाएको छ । कम्पनीले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीले चालु आवको ६ महिनामा ३ करोड ६९ लाख ४१ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही पुुस मसान्तसम्मको तुलनामा भने ५८.०६ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ८० लाख ३८ हजार रुपैयाँ नाफा गरेको थियो ।
सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २४.३४ प्रतिशतले घटेर १३ करोड ३४ लाख २९ हजार रुपैयाँ कायम भएको छ । चालु आवको ६ महिनामा कम्पनीको कुल संचालन आम्दानीमा पनि २३.९९ प्रतिशतको गिरावट आएको छ ।
चालु आवको ६ महिनामा कम्पनीको संचालन नाफा पनि ५८.०६ प्रतिशतले घटेर ५ करोड २६ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरण योग्य नाफा २ करोड ८७ लाख २० हजार रुपैयाँ देखिएको छ ।
कम्पनीको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३२ करोड ६८ लाख रुपैयाँ राखेको छ ।
सो अवधिमा कम्पनीले कुल १ अर्ब ८७ करोड ८ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब ३ करोड ९७ लाख ९३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको खराब कर्जा ४.८२ प्रतिशत पुगेको छ । यो गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ०.९७ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ८७ पैसा