नेप्सेमा एक लघुवित्तका २० प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार किसान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको २० प्रतिशत बोनस बापतको ७ लाख ८५ हजार ६१७.७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको बोनस सूचीकृत गरेको हो ।