एनआईसी एशिया लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले चालु आवको ६ महिनामा १४ करोड ९२ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो गत वर्षको सोही अवधिमो तुलनामा भने ६१.८४ प्रतिशतले कमी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३९ करोड १३ लाख २ हजार रुपैयाँ नाफा गरेको थियो ।
सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३४.८५ प्रतिशतले घटेर ५४ करोड ७६ लाख २४ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो म्दानी ८४ करोड ६ लाख २६ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको ६ महिनामा कम्पनीको खुद संचालन आम्दानी ६३ करोड ५१ लाख ५८ हजार रुपैयाँ र संचालन नाफा २१ करोड ३० लाख १२ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीको वितरण योग्य नाफा १० करोड १६ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ५६ करोड ११ लाख २९ हजार रुपैयाँ राखेको छ ।
सो अवधिमा कम्पनीले ३ अर्ब ६६ करोड ६७ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २० अर्ब ४४ करोड ४१ लाख २१ हजार रुपैया कर्जा लगानी गरेको छ । सो अवधिमा कम्पनीको खराब कर्जा वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्ममा ०.९७ बाट यस वर्षको सोही अवधिमा भने ३.३८ प्रतिशत पुगेको हो ।
कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५२ पैसा रहेको छ ।