३४ प्रतिशतले बढ्यो साना किसान विकास लघुवित्तको नाफा, यस्तो देखियो वित्तीय प्रगति « Arthapath.com
१८ माघ २०७९, बुधबार

३४ प्रतिशतले बढ्यो साना किसान विकास लघुवित्तको नाफा, यस्तो देखियो वित्तीय प्रगति



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साढे ४३ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले बुधवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको ६ महिनामा कम्पनीले ४३ करोड ४९ लाख ६४ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा ३४.३३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ३८ लाख २ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्नमा टेवा पुगेको हो । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३७.४३ प्रतिशतले वृद्धि भई ८४ करोड ९८ लाख ७० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यो आम्दानी ६१ करोड ८३ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनामा कम्पनीको कुल संचालन आम्दानी ८५ करोड १ लाख २० हजार रुपैयाँ, खुद संचालन आम्दानी ७६ करोड ७३ लाख ८ हजार र संचालन नाफा ६२ करोड ३ लाख ११ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीको वितरण योग्य नाफा २६ करोड ९६ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने १ अर्ब ४३ करोड ४० लाख ८२ हजार रुपैयाँ राखेको छ ।

सो अवधिमा कम्पनीको १ अर्ब ४४ करोड १८ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ करोड ३३ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा कम्पनीको खराब कर्जा भने झिनो वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्मा ०.६० प्रतिशत रहेको यस्तो कर्जा यस वर्षको सोही अवधिमा भने १.३७ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ६१ पैसा, प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ ४९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्