किसान लघुवित्तले बोनस बापतको कर तिर्न सेरधनीहरुलाई आग्रह « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

किसान लघुवित्तले बोनस बापतको कर तिर्न सेरधनीहरुलाई आग्रह



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस बापतको कर तिर्ने आग्रह गरेको छ । लघुवित्तले २०७७ भदौ १६ गतेबाट २०७९ जेठ १९ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।

सेयरधनीले यस संस्थाको सेयर रजिष्टर्ड सेन्चुरी क्यापिटल मार्केट्समा सम्पर्क गरी कर बापतको रकम एकिन गरेर यस क्यापिटलको नाममा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खाता नम्बर ०८७००१००५७६७६४०००००१ मा उक्त रकम जम्मा गर्नु पर्नेछ ।

साथै, बोनस सेयरमा लाग्ने करको विवरण सेन्चुरी क्यापिटलको वेभसाइटबाट पनि प्राप्त गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्