समता घरेलु लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस १५ प्रतिशत दिदाँ नगद कति ? « Arthapath.com
२२ माघ २०७९, आईतवार

समता घरेलु लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस १५ प्रतिशत दिदाँ नगद कति ?



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल १८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्