लाभांश घोषणा गर्न बाँकी रहेको जीवन विकास लघुवित्तको नाफासंगै इपिएस पनि घट्यो, कस्तो छ वित्तीय अवस्था ? « Arthapath.com
२२ माघ २०७९, आईतवार

लाभांश घोषणा गर्न बाँकी रहेको जीवन विकास लघुवित्तको नाफासंगै इपिएस पनि घट्यो, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको ६ महिनामा २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ३७.२४ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड १९ लाख ५१ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी, संचालन नाफा घटेसंगै खुद नाफामा कमी आएको हो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा पनि गिरावट देखिएको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी ४.८७ प्रतिशतले घटेर ७९ करोड ४५ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, सो अवधिमा कम्पनीको कुल संचालन आम्दानी पनि ४.४७ प्रतिशतले घटेर १ अर्ब १ करोड ३० लाख रुपैयाँ कायम भएको छ । कम्पनीको संचालन नाफामा पनि ३७.२४ प्रतिशतले घटेर ३७ करोड ८२ लाख ६९ हजार रुपैयाँ कायम भएको छ । कम्पनीका वितरण योग्य नाफा १९ करोड ३६ लाख १२ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ८५ करोड २८ लाख ४८ हजार रुपैयाँ राखेको छ ।

विवरण अनुसार कम्पनीले पुस मसान्तसम्म ९ अर्ब ९९ करोड ६६ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । सो अवधिमा २३ अर्ब २४ करोड ४९ लाख ४० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

सो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ८३ रुपैयाँ ३४ पैसाले घटेर ४८ रुपैयाँ ७० पैसा कायम भएको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनी यो आम्दानी १३२ रुपैयाँ ४ पैसा रहेको थियो । सो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने २९४ रुपैयाँ ६९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्