मेरो माइक्रोफाइनान्सको मुनाफा ६ करोड ७७ लाखमा खुम्चियो, अन्य सूचक पनि ओराला « Arthapath.com
२३ माघ २०७९, सोमबार

मेरो माइक्रोफाइनान्सको मुनाफा ६ करोड ७७ लाखमा खुम्चियो, अन्य सूचक पनि ओराला



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको मुनाफा घटेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ७६.९६ प्रतिशतले घटेर ६ करोड ७७ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा २९ करोड ४२ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालक नाफा ओरालो लाग्दा खुद नाफा समेत प्रभावित बनेको देखिएको छ । कम्पनीको खुद ब्याज आम्दानी ३५.२७ प्रतिशतले घटेर ३९ करोड १७ लाख ५८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६० करोड ५२ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

पुष मसान्तसम्मको अवधिमा कम्पनीको संचालक नाफा ७७.४३ प्रतिशतले घटेर ९ करोड ४८ लाख २४ हजारमा सिमित भएको छ । गत आर्थिक वर्षको सो अवधिमा भने कम्पनीको उक्त नाफा ४२ करोड २ लाख रुपैयाँ रहेको थियो ।

साथै, खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । यसले पनि नाफा प्रभावित भएको हो । गत वर्ष ३५ लाख ६१ हजार रुपैयाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ४ करोड ५४ लाख २८ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा १.४१ प्रतिशतले बढेर ४.९६ प्रतिशत पुगेको छ ।

वितरणयोग्य नाफा ४ करोड ६६ लाख ४४ हजार रुपैयाँ छ । समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजीको १ अर्ब २० करोड रुपैयाँ, जगेडा कोष २४.६१ प्रतिशतले घटेर ४८ करोड ९३ लाख १२ हजार रुपैयाँ, निक्षेप संकलन २१.५९ प्तिशतले बढेर ३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ७४ पैसाले घटेर १३ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ १९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्