आशा लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २३ गते सोमबार बसेको संचालन समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरि कुल २१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी साधारण सभाले पारित भएपछि वितरण हुनेछ ।