किन घट्यो किसान लघुवित्तको नाफा ? यस्तो छ वित्तीय अवस्था « Arthapath.com
२४ माघ २०७९, मंगलवार

किन घट्यो किसान लघुवित्तको नाफा ? यस्तो छ वित्तीय अवस्था



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीको खुद नाफा १५ लाख ८२ हजार रुपैयाँमा खुम्चिएको छ । कम्पनीको नाफा गत वर्षको मुनाफा मसान्तसम्मको तुलनामा ९६.५० प्रतिशत प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी, संचालन नाफामा पनि गिरावट देखिएको छ, जसले खुद नाफा वृद्धि प्रभावित भएको हो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ३३.९८ प्रतिशतले घटेर ११ करोड ५६ लाख १६ हजार रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीको संंचालन नाफामा भारी गिरावट देखिएको छ । गत वर्षको पुस मसान्तसम्ममा ६ करोड ५४ लाख २९ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीको यस वर्षको सोही अवधिमा भने १६४.०८ प्रतिशतले घटेको छ । यस वर्षको ६ महिनामा कम्पनीको यो आम्दानी ४ करोड १९ लाख २६ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३५ करोड २२ लाख १९ हजार रुपैयाँ राखेको छ ।

सो अवधिमा कम्पनीले १ अर्ब ४३ करोड १४ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६ अर्ब ७४ करोड ६४ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको खराब कर्जा भने ४.९८ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि २२ रुपैयाँ ३७ पैसाले घटेर ६७ पैसा मात्र कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ७२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्