यस्तो छ आदर्श लघुवित्तको वित्तीय अवस्था « Arthapath.com
२५ माघ २०७९, बुधबार

यस्तो छ आदर्श लघुवित्तको वित्तीय अवस्था



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सो अवधिमा कम्पनीको नाफामा ५०.१४ प्रतिशतले घटेर ७ लाख रुपैयाँ ३३ हजार रुपैयाँ कायम भएको छ । कम्पनीले गत वर्षको पुस मसान्तसम्ममा भने १४ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा गिरावट आएको छ र खर्च वृद्धि भएकाले नै नाफामा कमी आएको हो । चालु आवको पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ४.५० प्रतिशतले घटेर ९० लाख ४३ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीले ९४ लाख ६९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस्तै, कम्पनीको संचालन नाफा पनि ३२.६८ प्रतिशतले घटेको छ । गत वर्षको पुस मसान्तसम्ममा १७ लाख २९ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले यस वर्षको सोही अवधिमा भने ११ लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने १ करोड ७२ हजार ६२ हजार रुपैयाँ राखेको छ । सो अवधिमा कम्पनीले १५ करोड ५२ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २८ करोड ४० लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ ।

सो अवधिमा कम्पनीको वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्ममा १.५६ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने २.२९ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानीमा पनि १३ रुपैयाँ ९२ पैसाको गिरावट देखिएको छ । चालु आवको ६ महिनामा कम्पनीको यो आम्दानी ७ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ३९ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्