विजय लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको माघ १० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २१.०५२६ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०५२६ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।