विजय लघुवित्तको सेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको धितोपत्रको कारोबार रोक्का गरेको हो ।
कम्पनीले माघ १० गते गरेको लाभांश समबन्धि निर्णयलाई नेप्सेमा माघ २५ गते मात्रै जानकारी गराएको कारण नेप्सेले कारवाही स्वरुप कारोबार रोक्का गरेको छ । नेप्सले के कति कारणले ढिलो जानकारी गराएको भन्ने कुरा खुलाई ३ दिन भित्र स्पष्टिकरण दिन भनेको छ ।
