अभियान लघुवित्तले कमायो १ करोड ५४ लाख नाफा, अन्य सूचक कस्ता ? « Arthapath.com
२ फाल्गुन २०७९, मंगलवार

अभियान लघुवित्तले कमायो १ करोड ५४ लाख नाफा, अन्य सूचक कस्ता ?



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छन् ।

विवरण अनुसार सो अवधिमा आइपुग्दा कम्पनीको खुद नाफ ११.४५ प्र्रतिशतले बढेर १ करोड ५४ लाख ४८ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले १ करोड ३८ लाख ९२ हजार रुपैया नाफा कमाएको थियो ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी गिरावट देखिएको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा १८ं.९९ प्रतिशतले घटेर ४ करोड ४० लाख ५८ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ५ करोड ४३ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको सञ्चालन नाफामा भारी गिरावट आएको छ । सो अवधिमा कम्पनीको सञ्चालन नाफा ७२.३७ प्रतिशतले घटेर ६० लाख ९१ ह्जार रुपैयाँ कायम भएको छ । तर,गत आवको पुस मसान्तसम्ममा कम्पनीले २ करोड २० लाख ५१ ह्जाार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी २५ करोड रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४ करोड ९७ लाख ६९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको पुस मसान्तमा २.७३ प्रतिशत रहेको यस्तो कर्जा यस वर्षको सोही अवधिमा ३.५३ प्रतिश्त रहेको छ ।यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्