एक लघुवित्तको बम्पर लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज « Arthapath.com
३ फाल्गुन २०७९, बुधबार

एक लघुवित्तको बम्पर लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको हुदाँ फागुन ३ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर र करसहित ३।२५ प्रतिशत नगद लाभांश गरी जम्मा ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा फागुन १८ गतेका लागि बोलाएको छ । सभा बैजनाथ १ गाभर भ्याली (सामुदायिक होमस्टे) बाँकेमा बस्ने गरी आव्हान गरेको हो ।

यस्तै, सभाले संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट पनि २ जना सञ्चलकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश रहेको छ ।


प्रतिक्रिया दिनुहोस्