१९ प्रतिशत लाभांश पारितका लागि सबैको लघुवित्तको साधारण सभा कहिले ? « Arthapath.com
३ फाल्गुन २०७९, बुधबार

१९ प्रतिशत लाभांश पारितका लागि सबैको लघुवित्तको साधारण सभा कहिले ?



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको फागुन १ गते बसेको संचालक समितिको बैठकले सभा मर्स्याङ्दी रिभर भ्यू रिसोर्ट, वन्दिपुर–५ तनहुँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद गरी जम्मा १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते बुक क्लोज गर्ने भएको हुदाँ फागुन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्