५० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकियो ! « Arthapath.com
३ फाल्गुन २०७९, बुधबार

५० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकियो !



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (फागुन ४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँफागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ करोड ७५ लाखको आधारमा ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २।५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पाँचौं वार्षिक साधारण सभा फागुन २१ गतेका लागि बोलाएको छ । माघ २० गते बसेको संचालक समितिको बैठकले सभा आगन्तुक रिसोर्ट म्युटार मार्ग धुलिखेल, काभ्रेमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने समेत सभाको कार्य सूची रहेको छ । उल्लेखित प्रस्तावहरूसँगै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्