लाभांश पारितका लागि छिमेक लघुवित्तको साधारण सभा चैत १० गते, बुक क्लोज कहिले ? « Arthapath.com
५ फाल्गुन २०७९, शुक्रबार

लाभांश पारितका लागि छिमेक लघुवित्तको साधारण सभा चैत १० गते, बुक क्लोज कहिले ?



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा चैत १० गतेका लागि बोलाएको छ । सभा मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजेदेखि बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.२६ प्रतिशत नगद गरी कुल २५.२६ प्रतिशत लाभांश पारित गर्ने छ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।

सभा प्रयोजनका लागि छिमेकले फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ फागुन २३ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्नेछन् ।


प्रतिक्रिया दिनुहोस्