समिट लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

समिट लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ८४ हजार ९०० कित्ता सेयर फागुन ६ गतेदेखि बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात सकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्रीमा ल्याउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्