अब लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश बाँड्न पाउने « Arthapath.com
१० फाल्गुन २०७९, बुधबार

अब लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश बाँड्न पाउने



काठमाडौं । अब लघुवित्त कम्पनीहरु वार्षिक १५ प्रतिशत मात्रै लाभांश प्रस्ताव गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

अब कम्पनीहरुले वार्षिक १५ प्रतिशतसम्म मात्रै बोनस वा नगद लाभांश प्रस्ताव गर्न पाउने छन् । तर, १५ प्रतिशतभन्दा माथि लाभांश प्रस्ताव गरेमा प्रस्तावित लाभांश ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषणमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यसअघि लघुवित्त कम्पनीले २० प्रतिशतसम्म लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था थियो । २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्