नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर सूचीकृत « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आइतबार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १९ प्रतिशत बोनस बापतको १८ लाख ३२ हजार ५३५.५६ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्