लघुवित्तका वर्तमान समस्या अध्ययन गर्न उच्चस्तरीय समिति, ६ महिनाभित्र प्रतिवेदन पेश गर्ने « Arthapath.com
२२ फाल्गुन २०७९, सोमबार

लघुवित्तका वर्तमान समस्या अध्ययन गर्न उच्चस्तरीय समिति, ६ महिनाभित्र प्रतिवेदन पेश गर्ने



काठमाडौं । लघुवित्त वित्तीय संस्थामा देखिएको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले उच्च स्तरीय समिति गठन गरेको छ ।

राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समित गठन भएको हो ।

जसमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्षसहित २ जना स्वतन्त्र विज्ञ र ४ जना राष्ट्र बैंकका उच्च अधिकारी सदस्य रहनेछन् । उक्त समितिले ६ महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।

लघुवित्त वित्तीय संस्थाहरूको वर्तमान स्थिति र उनीहरूले अर्थतन्त्रमा पु¥याएको योगदानसहित समग्र क्षेत्रबारे अध्ययन गर्न उक्त समिति गठन गरेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्