छुट्नु होला नि ? छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन २३ गते) अन्तिम दिन रहेको छ ।
सभा प्रयोजनका लागि छिमेकले फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ फागुन २३ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.२६ प्रतिशत नगद गरी कुल २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजेदेखि बस्ने गरी आव्हान गरेको हो ।