नेप्सेमा छिमेक लघुवित्तको सेयर मूल्य समायोजन « Arthapath.com
२३ फाल्गुन २०७९, मंगलवार

नेप्सेमा छिमेक लघुवित्तको सेयर मूल्य समायोजन



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलवार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरिदिएको हो । कम्पनीका फागुन २३ गतेसम्म कायम सेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन योग्य छन ।

नेप्सेले कम्पनीको अन्तिम शेयर मूल्य १ हजार २३ को आधारमा २२ प्रतिशत बोनस शेयरपछिको मूल्य ८३८ रुपैयाँ ५२ पैसा तोकेको छ ।

उक्त मूल्यका आधारमा कम्पनीको सेयर बिहीवार कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्