ग्लोबल आइएमई लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १०औँ बार्षिक साधारण सभा आज (फागुन २४ गते) बेस्ट रिर्सोट नेपाल प्रालि लेकसाइड पोखरामा बिहान सम्पन्न भएको छ ।
सञ्चालक समितिले सिफारिस गरे बमोजिम वित्तीय संस्थाको आव २०७८÷०७९ आषाढ मसान्त सम्मको वितरण योग्य मुनाफाबाट कुल चुक्ता पूँजीको १२ प्रतिशतले हुने बोनस र ८ प्रतिशत नगद लांभास वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले आर्थिक वर्ष २०७८÷०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल र लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७८÷०७९ को आषाढ मसान्तसम्मको वासलात, नाफा÷नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन तथा सोही अवधिको नगद प्रवाह विवरण र लेखा सम्बन्धी नीतिहरु सम्बन्धी अनुसूचीहरु उपर छलफल गर्ने कार्यसूचि समेत पारित गरेको हो ।
कम्पनीले आव २०७९÷०८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । वित्तीय संस्थाको सर्वसाधारण समूह समूह ख अन्र्तगत २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने छ ।
साधारण सभा प्रयोजनको लागि फागुन १६ गतेको दिन बुक क्लोज गरेको हो ।