साधना लघुवित्त अक्षतेद्धारा सदस्यहरुका लागी २ दिने तरकारी खेती तथा नर्सरी व्यवस्थापन तालिम सञ्चालन

काठमाडौं । साधना लघुबित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय अक्षते बाग्लुङ्ग द्धारा आज वाट काठेखोला गाउपालिकाको तालिम हलमा तरकारी खेती तथा नर्सरी व्यवस्थापन सम्वन्धी २ दिने तालिमको सम्उत्घाटन गरिएको छ ।
फागुन २७ र २८ गते आयोजना हुने उक्त तालिमका प्रमुख अतिथि काठेखोला गाउपालिका अध्यक्ष राजु थापा ,विशिष्ठ अतिथि अस्थाई प्रहरी चौकी दोविल्लाका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदी,विशिष्ट अतिथि जनकल्याण आधारभुत विधालयका प्रध्यानाध्यापक वद्री बहादुर भण्डारी रहनु भएको थियो ।
विभिन्न केन्द्रमा आवद्ध २५ जना सदस्य को उपस्थित रहेको कार्यक्रमको सभापति लक्ष्मी खड्काले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन साधना लघुबित्त अक्षतेका कनिष्ठ सहायक चन्द्र प्रकाश उपाध्यायले गर्नु भएको थियो उक्त तालिमको सहजिकरण कृषि शाखा काठेखोला का प्राविधिक भावना रोका तथा सिता शर्मा रिजालले गर्नुभएको थियो । तालिममा सहभागी सम्पुर्ण अतिथि लाई स्वागत गदै संस्थाका शाखा प्रमुख जनक राज पन्त ले तालिमको उधेश्य माथि प्रकाश पादै साधना लघुवित्तको कार्यक्रम ,संस्थाले हाल लागु गरेका ग्राहकमैत्री नितिनियम हरु तथा सदस्यहरुको आर्थिक विकास शसत्तिकरण र बृद्धिमा संस्थाले चालिरहेको कामको वारेमा सहभागीहरुलाई जानकारी गराउदै सदस्यहरुले तालिम तथा सिपमुलक कार्यक्रम वाट कसरी आफ्नो व्यवसाय लाई दिगो रुपमा अगाडी वढाउने ,कर्जा परिचालन तथा कर्जा लिदा ध्यान दिने कुराहरु र कर्जा प्राप्त गरीसकेपछि सदस्यहरुले कसरी कर्जाको सदुपयोगिता गर्ने सम्पन्ध तालिम दिएको थियो ।
साथै, कर्जा अनुशासन मा कसरी काम गर्ने ,वित्तिय सेवासुविधा मा कसरी आफ्नो कारोवारलाई जोड्ने ,समुह को माध्यम वाट पारिवारिक कल्याण र उन्नतीका लागी कसरी उधमी वन्ने ,बैक वित्तिय संस्थासंग कसरी सहज रुपमा कारोवार गर्न सकिन्छ भन्ने वारे प्रष्ट गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथी काठेखोला गाउपालिका अध्यक्ष राजु थापाले सिपमुलक तालिम आयोजना गरेकोमा साधना लघुवित्त शाखा कार्यालय अक्षतेलाई विशेष धन्यवाद दिदै संस्थाले निरन्तर रुपमा सदस्यहरुको क्षमता अभिबृद्धिका लागी उधमशिलतामुलक तालिमहरुको आयोजना गरी सदस्यहरुलाई उधमी वन्न पे्ररित गर्नुपर्ने र सो को लागी गाउपालिकाले समेत योजना बताइन । कृषकहरुलाई व्यवसाय मा आवद्ध भई कृषि तथा अन्य उधममा जोडिई सरकारी स्थर, गाउपालिका का अनुदान मा सहयोग तथा सहजिकरण गरिने योजना तथा तयारी रहेको र बैक वित्तिय संस्थाहरुसंग सहकार्य गदै वास्तविक उधमीलाई सस्तो व्याजदरमा लगानी को वातावरण तय गरिनु पर्ने धारणा राखदै सदस्यहरुले समेत कर्जा लिदा विशेष ध्यान दिनु पर्ने ,कर्जा लिदा बैकको सर्त नियमहरु वुझेर मात्र कारोवार गर्ने एवम् वित्तिय अनुशासन कायम गदै खर्च नियन्त्रण गरी आम्दानी मुलक काममा कर्जा परिचालन गर्नुपर्ने । उनले वैक वित्तिय संस्थाले पनि कर्जा लगानी गर्दा ग्राहकलाई हानी नपुराई कम नाफा गर्ने उधेश्य राखी वित्तिय क्षमता,पारिवारीक सहमति एवम् सदस्यलाई उधमी वनाउने तरिकावाट लगानी मा ध्यान दिनुपर्ने कुरामा जोड दिदै काठेखोलाका हरेक समस्या समाधानमा आफुपुर्ण रुपमा तत्पर भई लागीरहेको र यो क्षेत्रको विकास का लागी विभिन्न सरोकारवाला निकायसंगै साझेदारी गदै अगाडी वढेको र काठेखोलाको समंग्र विकास का लागी सवै पक्षको सहकार्य एकता र साथ हुनुपर्ने कुरा राख्दै सवै कृषकलाई पालिका का योजना ,कार्यक्रमको वारेमा जानकारी लिई सेवा लिन आग्रह गर्नु भयो ।
२ दिनसम्म सन्चालन हुने उत्त तालिममा मुख्यगरी तरकारी खेती प्रविधि,रोगकिरा व्यवस्थापन,माटो तयारी ,नर्सरी व्यवस्थापन,विषादी जैविक विषादी वनाउने सीप,मलखाद व्यवस्थापन,खेतवारीको तयारी ,कृषि उपज जारीकरण, उधमशिलताका लागी गर्नुपर्ने काम र सिपहरु ,आदिवारे व्यवहारगत तथा सैद्धान्तिक विधी वाट तालिममा सिकाई हुने जानकारी गराईएको छ ।