पूँजी संमरचना परिवर्तन र लाभांश पारितका लागि सिभिल लघुवित्तको साधारण सभा भोलि

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा भोलि (फागुन २९ गते) बस्दैंछ । सभा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै कम्पनीको हाल कायम रहेको पूँजी संमरचना संस्थापक सेयरधनीको तर्फ ६० प्रतिश तर सर्वसाधारण तर्फको ४० प्रतिशत रहेकोमा परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १४ गते बुक क्लोज गरेको हुदाँ फागुन ११ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।