एक लघुवित्तको २३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२९ फाल्गुन २०७९, सोमबार

एक लघुवित्तको २३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ३० गते देखि चैत ११ गते सम्म बुक क्लोज गर्ने भएको हुदाँ फागुन २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १।१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले १४औं वार्षिक साधारण सभा चैत ११ गतेका लागि बोलाएको छ ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्