तीन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

तीन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?



काठमाडौं । तीन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (फागुन ३० गते) अन्तिम दिन रहेको छ । मनकामना स्र्माट लघुवित्त, समता घरेलु लघुवित्त र आरएमडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो ।

तीन कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

मनकामना स्र्माट लघुवित लिमिटेडले ५औं साधारण सभा चैत १६ गतेका लागि बोलाएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६, रुपन्देहीमा बस्ने गरी आव्हान गरेको छ ।

सभामा कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा चैत १० गतेका लागि बोलाएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

समता घरेलु लघुवित्तको ९औं साधारण सभा चैत ११ गते बोलाएको छ । सभा हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११ः३० बजे बस्ने आव्हान गरेको छ ।

सभामा लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत गरी लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्