सिभिल लघुवित्तको नाम परिवर्तन, अब हिमालयन लघुवित्त नाममा सेवा दिने « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सिभिल लघुवित्तको नाम परिवर्तन, अब हिमालयन लघुवित्त नाममा सेवा दिने



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ ।

लघुवित्तको फागुन २९ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले संस्थाको नाम परिवर्तन गरी हिमालयन लघुवित्त राख्ने निर्णय पारित गरेको हो ।

साथै, सभाले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित गरेको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै १ अर्ब ८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड भन्दा बढी लगानी गरेकोे छ ।


प्रतिक्रिया दिनुहोस्