यस्तो छ आदर्श लघुवित्तको ५औं वार्षिक साधारण सभाको ‘माइन्युट’ « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

यस्तो छ आदर्श लघुवित्तको ५औं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको ५औं वार्षिक साधारण सभा गौतम भिलेज रिर्सोट, बनेपा ११ काभ्रेपलान्चोकमा फागुन ३० गते सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कम्पनीले प्रस्ताव गरेको चुक्ता पूँजीको १.५ प्रतिशत नगद (कर प्रयोजन) र २० प्रतिशत बोनस विवरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, सभाको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल माथि गरी पारित गर्नुको साथै चालु आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, कम्पनीले डिप्रोक्स लघुवित्त वित्तीय संस्था प्राप्ति गर्ने प्रयोजनको लागि सम्पन्न सम्झौंतापत्र, सहमतिपत्र, संयुक्त प्राप्ति समिति गठन एवं संयुक्त प्राप्ति समितिलाई आवश्यक कार्य गर्न सक्ने अख्तियार दिने प्रस्ताव पारित गर्ने समेत सभाको कार्य सूची समेत पारित गरेको हो । कम्पनीको समुह ख सेयरधनीहरु मध्यबाट २ जना सञ्चालक चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्