मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त मर्जरमा जाने, संचालक समितिमा बराबर

काठमाडौं । बैंक तथा बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेसँगै अहिले लघुवित्त पनि मर्जर प्रक्रियामा गइरहेका छन् । आफ्नो ब्यवसायलाई विस्तार गर्नेका लागि लघुवित्त कम्पनीहरुपनि मर्जरमा जाने सम्झौता गरी रहेका छन् ।
थप मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाबीच एकापसमा मर्जर जाने प्रारम्भिक सम्झौता भएका हुन । मर्जरमा जाने सम्झौतापत्रमा मानुषी लघुवित्तका अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका त अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरका कम्पनी हुन्।
दुवै संस्थाबाट ३÷ ३ जना प्रतिनिधि रहने गरि संयुक्त मर्जर समिति गठन गरीने भएको हो । श्रृजनशील लघुवित्तले देशभर ३३ ओटा शाखा रहेका छन् भने मानुषीका ३६ ओटा शाखा रहेका छन् ।