यस्तो छ महिला लघुवित्तको ५औं वार्षिक साधारण सभाको ‘माइन्युट’ « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

यस्तो छ महिला लघुवित्तको ५औं वार्षिक साधारण सभाको ‘माइन्युट’



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा फागुन २१ गते सम्पन्न भएको छ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष तारा कुँवरद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८÷७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्